Live Streaming

न्युक्लियर प्लान्ट सूचारु

एजेन्सी,२६ साउन । जापानमा सन् २०११ मा आएको शक्तिशाली भुकम्पपछिको सुनामीका कारण बन्द भएको न्युक्लियर प्लान्ट सुचारु गरिएको छ । नयाँ सुरक्षा नियमसहित प्लान्ट सुचारु गरिएको जापानी अधिकारीहरुलाई उदृत गर्दै बिबिसीले जनाएको छ ।

सन् २०११ मा भुकम्पछि आएको सुनामीका कारण फुकुसिमामा रहेको विद्युतीय पावर न्युक्लियर प्लान्ट ध्वस्त भएको थियो । यद्धपी न्युक्लियर प्लान्ट सुचारु गर्नका लागि नयाँ नियम पर्याप्त नभएको भन्दै त्यसको विरोधमा प्रदर्शन पनि हुन थालेको छ । फुकुसिमामा जस्तै विपत नपर्नेमा स्थानीयबासी विश्वस्त छैनन् । उनीहरुले प्लान्ट तथा प्रधानमन्त्री सिन्जो आवेको निवास अगाडि प्रदर्शन गरेका छन् ।