Live Streaming

डाबर हेयरको तीज महोत्सव हुने

काठमाडौं,२५ साउन । महिलाहरुको महान् पर्व तीजलाई लक्षीत गर्दै १४ औं डाबर स्पेसल हेयर आयल तीज फेस्टिबल २०१५ आयोजना हुने भएको छ । महिला सिर्जनशील केन्द्रको आयोजनामा आउँंदो भदौ ३ देखि ६ गतेसम्म त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा उक्त महोत्सव हुन लागेको हो ।

आयोजका अनुसार यस महोत्सवको मुख्य प्रायोजक र व्यवस्थापक भने डाबर स्पेशल हेयर आयल छ । महोत्सवमा महिला उद्यमीहरुले आफ्ना उत्पादित वस्तुहरुलाई प्रदर्शनीमा राखिनेछन् । तीजका लागि अति आवश्यक सामग्रहरुसहित हस्तकला, साडी, कुर्ता, गिफ्ट सामग्री, मेहेन्दी, होम  अप्लाइन्सेसलगायत ८० भन्दा बढी स्टल यस प्रदर्शनीमा रहनेछन् ।

 यसै महोत्सवमा जयन्ती मेमोरियल ट्रस्टले महिलालाई निशुल्क स्वास्थ्य परिक्षणको व्यवस्थ गर्ने भएको छ । साथै यस कार्यक्रमको केही आम्दानी भूकम्प पीडितलाई प्रदान गरिने केन्द्रले जनाएको छ । उक्त महोत्सवको मिडिया पार्टनरका रुपमा रेडियो अन्नपूर्ण नेपाल ९४ मेघाहर्ज र नारी रहनेछन् ।