Live Streaming

​अमेरीकाको टेक्सासमा एकै घरमा आठ जनाको हत्या

एजेन्सी,२५ साउन । अमेरिकाको टेक्सासस्थित एक घरमा आठ जनाको हत्या भएको छ ।  टेक्सासको हुस्टन क्षेत्रको एक घरमा ५ बालबालिका र ३ वयस्क व्यक्तिको हत्या भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

प्रहरीले घरमा एक बालकको शव देखेपछि घरमा प्रवेश गर्न खोज्दा घरभित्र रहेका हत्याराले प्रहरीमाथि नै गोली प्रहार गरेका थिए । प्रहरीको १ घण्टाको प्रयास पछि ती व्यक्तिले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । ति व्यक्ति डेबिड कानली रहेको बताइएको छ । उनको आतंकवादी संगठनहरुसँंग साँठगाँठ हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।