Live Streaming

​झारखण्डमा भागदौड हुँदा कम्तीमा ११ जनाको मृत्य

एजेन्सी,२५ साउन । भारतको झारखण्डस्थित एक देवघरमा दर्शनार्थीहरुबीच भागदौड हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । आज बिहान भएको सो घटनामा अन्य १७ जना घाइते भएका छन् । श्रद्धालुहरुबीच जलाभिषेक लिन तछाड मछाड हुँंदा भागदौड मच्चीएको थियो ।

सो क्रममा दर्शनार्थीहरुको ठूलो समुह देवघरमा प्रवेश गर्न खोजेपछि त्याहाँं सो घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मृत्यु हुनेहरु अधिकांश महिला तथा वृद्धवृद्धा रहेका छन् ।