आज साउन महिनाको चौथो सोमबार
काठमाडौं,२५ साउन । साउन महिनाको चौथो सोमबार आज शिवालयमा दर्शनाथीहरुको घुँंइचो लागेको छ । काठमाडौंको पशुपतिनाथ, सुनसरीको बराहक्षेत्र लगायत देशभरका शिब मन्दीरमा विहानदेखिनै दर्शनार्थीको चाप छ । पार्वतीले महादेव पाउनका लागि साउन महिनाभरी निराहार ब्रत बसेकी थिइन भन्ने विश्वासका आधारमा योग्य पति पाउन वा पति तथा सन्तानको दिर्घायुको कामनाका लागि शिवको दर्शन तथा उपाशनाको लागि ब्रत बस्ने प्रचलन रहेको उल्लेख छ । साउन महिनामा दुःख गरेर शिवालय पुगेर शूद्ध जल तथा गाईको दूध चढाएमा सुख, शान्ति, दिर्घायु प्राप्त हुने विश्वासका साथ यो महिनामा शिवका मन्दीर पुगेर दर्शन गर्ने गरिन्छ ।