हुम्ला केन्द्रविन्दु भएको भुकम्प गयो

काठमाडौं,२५साउन । हुम्लालाई केन्द्रबिन्दु बनाएर गएराती भूकम्प गएको छ । राति १२ बजेर २१ मीनेट जाँदा हेप्का नजिकै केन्द्र बनाएर ४ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसैबीच गोरखा बलुवा नजिकैलाई केन्द्र बनाएर ४.९ म्याग्नेच्यूटको पराकम्प गएको छ ।
बिहान चार बजेर १५ मीनेट जाँदा सो पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बैशाख १२ र २९ गते को शक्तिशाली भूकम्प पछि त्यसका पराकम्पनपटक पटक गईरहेको छ । असार महिनामा तुलनात्मक रुपमा केही कम देखिएको भूकम्प श्रावण महिनाको चौँथो हप्ता तिर भने बढ्न थालेको छ । हिजो र पनि बिहान ७ बजेर ५५ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दू बनाएर ४.१ म्याग्नेच्य्ुडको पराकम्प गएको थियो ।