Live Streaming

नेपाल पराजित

काठमाडौं,२४ साउन। व्याटफर नेपालअन्तर्गत विश्व ११ संगको मैत्रीपुर्ण खेलमा नेपाल पराजित भएको छ । भुकम्प पीडित नेपालीहरुको सहयोगार्थ मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा विश्व ११ संग नेपाल ३७ रनले पराजित भएको हो । 


१ सय ३६ रनको चुनौती पच्छाएको नेपाल निर्धारित ओभरमा सकिन ४ बल बाँकि छदै ९८ रनमा समेटिएको थियो । नेपालका लागि राजु रिजाल र अनिल मण्डलले १७–१७ रन बनाएपनि टिमको हार भने टार्न सकेनन् । त्यस्तै सिद्धान्त लोहनी र नरेश बुढाऐरले समान १३–१३ रन बनाए ।

कप्तान पारस खड्का भने २ रनमै पेभेलियन फर्किए । त्यस्तै सोमपाल कामिले ७ रन बनाएको नेपाली ईनिङसमा राजेश पुलामिमगरले कुनै रन जोड्न सकेनन् । यसअघि टस जितेर ब्याटिङ गरेको बिश्ब ११ निर्धारित ओभर सकिन २ बल अघि नै १ सय ३५ रनमा समेटिएपछि नेपालले मध्यम लक्ष्य पाएको थियो ।

 बिश्ब ११ का लागि मर्कुस स्टोनिसले ४८ रन बनाए । त्यस्तै भेनुगोपाल रावले २३ , अहमद फैजले १८ र सोहाग गाजीले अबिजित १६ रन बनाए । अन्य ब्याट्म्यानले दोहोरो अंक छुन सकेनन् । उसलाई सस्तैमा समेट्ने क्रममा अबिनाश कर्ण, सिद्धान्त लोहनी, राजेश पुलामिमगर र शरद भेष्वाकरले २–२ तथा मेहबुब आलम र शक्ति गौचनले एक एक विकेट लिए । कप्तान सनत जयसुर्या ब्यक्तिगत ६ रनमा पेबयिलन फर्के ।