स्वतन्त्र युवा प्रजातान्त्रिक संघको वृद्धाश्रमलाई सहयोग

काठमाडौं,२४ साउन । स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालले पशुपति वृद्धाश्रमका लागि खाद्यान्न लगायतका सामग्री हस्तान्तरण गरेको छ । संघ तथा भारतीय दुतावासको संयुक्त आयोजनामा वृद्धवृद्धालाई लक्षित गरी खाद्यान्न, लत्ताकपडा,औषधि हस्तान्तरण गरेको हो । करिब ३ महिनाका लागि पुग्ने औषधि वितरण गरिएको संघले जनाएको छ ।
गाउँ सहरमा शान्ति र ज्ञान, समाज परिर्वतनमा युवा अभियान भन्ने नाराका साथ स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालले पशुपति वृद्धाश्रममा सहयोग गरेको अध्यक्ष अरविन्द महतोले जानकारी दिनुभयो । सहयोग हस्तान्तरण गर्दै भारतीय दुतावासका डिसीयम विनय कुमारले वृद्धाश्रममा आगामी दिनमा पनि आफ्नो सहयोग रहने बताउनुभयो ।