Live Streaming

​रुकुम र पर्वतमा विरोध र्याली

काठमाडौं,२४ साउन । रुकुम जिल्ला टुक्र्याइएको विरोधमा रुकुममा विरोध ¥याली निकालिएको छ । रुकुम जिल्ला दुई खण्ड वनाउने गरी भएको सहमतिको विरुद्ध नागरिक समाजको अगुवाईमा सदरमुकाम खलंगामा ¥याली निकालिएको हो । आज दिउँसो १२ वजे निकालिएको ¥यालीले वजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।  

 रुकुमलाई विभाजन नगर्न ¥यालीमा सहभागीहरुले माग गरेका छन् । उता, आगामी संविधानमा नेपाललाई हिन्दु राज्य कायम गर्न माग गर्दै पर्वत सदरमुकाम कुश्माबजारमा आज प्रदर्शन भएको छ । सनातन हिन्दु राष्ट्र नेपाल संरक्षण अभियान पर्वतद्धारा आयोजित प्रदर्शनमा सहभागीहरुले अन्तरिम संविधान र अहिले आएको प्रारम्भीक मस्यौदामा धर्म निरपेक्षता उल्लेख गरिएकोप्रति आपत्ति जनाएका छन् ।