Live Streaming

स्वस्थ आँखा बनाउने होइन

आँखा मानव शरीरको नभइ नहुने अंग हो । आँखा बिनाको संसार कस्तो होला, कल्पनासम्म पनि गर्न सकिदैन । त्यसैले यी अमूल्य आँखालाई सदैव सफा र स्वस्थ राख्न जरुरी हुन्छ । संसार देखाउने यी सुन्दर आँखालाई स्वस्थ र सफा राख्न निम्न कुरामा ध्यान दिन सकिन्छ । खाना सदैव स्वस्थ खानुपर्छ । हरिया सागपात, टुसा पलाएको गेडा्गुडीको तरकारी, माछा, दहीको सेवनबाट आँखा स्वस्थ राख्न सकिन्छ ।

अण्डा, बदाम, भटमासलगायतका प्रोटिनयुक्त तत्वहरु खानामा समावेस गर्नुपर्छ । सुन्दर आँखाका लागि सुन्तला, जुस, मेवालगायतका पहेला फलफूलको सेवन गर्न अति आवश्य छ । 

धुम्रपानबाट टाढै बस्नुपर्छ ।

- घाममा हिंड्दा चश्माको प्रयोग गर्नुपर्छ ।

- चश्माले सूर्यको प्रकाशबाट आउने अल्ट्राभाइलेट किरणहरुबाट आँखालाई बचाउँछ । 

चश्मा लगाउँदा आँखाको दृष्टिसँग मेल खाने लगाउनुपर्छ ।

- लामो समयसम्म कम्प्युटरमा काम गर्नु हुँदैन । 

लामो समयसम्म एउटै ठाउँमा हेरिरहनु हँदैन ।

 - सकेसम्म पटक पटक आँखालाई सफा पानीले सफा गर्नुपर्छ । 

आँखामा केही समस्या देखिएमा तुरुन्त सम्बन्धीत विशेषज्ञसँग जचाउनुपर्छ । 

आँखाको मेकअप गर्दा विशेष ध्यान दिनुपर्छ ।

स्रोत: एजेन्सी