सुदुपश्चिम दोहोरो बन्दको मारमा

काठमाडौं,२४ साउन । लगातार तीन दिनदेखिको बन्दका कारण सुदुरपश्चिमको जनजीवन थप कष्टकर बन्दै गएको छ । प्रदेशका् सीमाङ्कनसंगै अखण्ड सुुदुरपश्चिमको माग गर्दै आह्वान गरिएको बन्द फिर्ता भए पनि थरुहट र हिन्दु राज्य पक्षधरहरुले बन्द जारी राखेका कारण जनजीवन सामान्य बन्न नसकेको हो ।
आज पनि सुदुरपश्चिको कैलालीमा यातायातका साधनहरु अबरुद्ध हुनुका साथै बजार तथा कलकारखाना खुल्न सकेका छैन । हिन्दु राज्यको माग गर्दै आह्वान गरिएको बन्दको प्रभाव बर्दिया र बाँकेसम्म नै परेको हाम्रा सहकर्मीहरुले जनाएका छन् ।