Live Streaming

पहिरोका कारण सिङ्गो बस्ती विस्थापित

 माया अधिकारी

पर्वत,२४ साउन । पर्वतमा बस्तीभन्दा माथिको पहाडबाट आएको  पहिरोका कारण  एक  गाउँ पूर्णरुपमा विस्थापीत बनेको छ । पर्वतको देउरालीमा निरन्तर रुपमा बस्ती माथिबाट पहिरो जाँदा सो क्षेत्रामा जोखि भएको हो । गत  असार ८ गतेदेखि गाउँ माथिबाट निरन्तर पहिरो बग्न थालेपछि सिंगो गाउँ पहिरोको जोखिममा परेको छ ।

 सो क्षेत्रमा ४ घर पुर्ण विस्थापित भएको  र १४ घर परिवार घरमा बस्न छाडेका छन् । १८ घर परिवार पहिरोको जोखिमका कारण चौरमा  टेण्ट र त्रिपालमुनि बस्दै आएका छन् । बैशाख १२ र २९ गते गएको भुकम्पका कारण ठाउठाउमा चर्किएको पहाड नै खसेपछि  सिंगो गाउँ जोखिममा परेको हो ।