Live Streaming

अझै तर्सिरहन्छन् भुकम्प प्रभावित बालबालिका

सुवास योञ्जन

दोलखा,२४ साउन । वैशाखमा गएको भुकम्प र त्यसपछिका पराकम्नका कारण अझै दोलखाका बालबालिका त्रासित छन् । दोलखाका अधिकांश बालबालिका तर्सने गरेको अभिभावकले बताएका छन् । जिल्लामा  क्षेत्रमा  पहिरो गइरेहको र पहिरो जाने क्रममा ढुङाको आवाज सुन्दा समेत भुकम्प भन्दै भाग्ने गरेको अभिभावकहरु बताउँंछन् ।

केही क्षेत्रका बालबालिका राति निदाएको बेला रुने ,  भुकम्प आयो भन्दै कराउने गरेको समेत बताएका छन् । भुकम्प गएको तीन महिना बितिसक्दा पनि भुकम्पको पराकम्पन आउने क्रम नरोकिएकोले बालबालिकामा मानसिक रुपमा त्रास अझै कायम रहेको बालमनोविज्ञ ईश्वर थापाले रेडियो अन्नपूर्णलाई जानकारी दिए ।