Live Streaming

मालीमा ९ जना मारिए

एजेन्सी,२४ साउन । अफ्रिकी राष्ट्र मालीको एक होटलमा इस्लामिक जिहादी विद्रोहीले आक्रमण गरेको छ । सो आक्रमणमा परि कम्तीमा ९ जना मारिएका छन् । होटलबाट ४ जनाको भने सकुशल उद्धार गरिएको छ । उद्धार गरिएका उनीहरु संयुक्त राष्ट्रसंघका अधिकारीहरु रहेको बीबीसीले जनाएको छ ।

तीन बिद्रोहि होटलमा प्रबेश गरी अन्धाधुन्ध आक्रमण सुरु गरेका थिए । बोमाको शहरबाट ६ सय किलोमिटर उत्तरको होटल बेब्लोसमा सो आक्रमण गरेका थिए । प्रहरीले आक्रमणकारीलाई पिछा गरेपनि पक्राउ भने गर्न नसकेको अधिकारीहरुले जनाएका छन् ।