सशस्त्र र जनपथ प्रहरी बीच झडप ४ घाइते

माया अधिकारी
पर्वत,२४ साउन । पर्वतमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच झडप हुँदा ४ जना घाइते भएका छन् । नेपालकै अग्लो कुश्मा कैया झोलुङ्गे पुल नजिकै दुवै पक्षबीच झडप भएको हो । हिजो साँझ जिल्ला प्रहरी कार्यालय पर्वतबाट ड्युटीमा खटिएको प्रहरीको टोली र शसस्त्र प्रहरी बल चण्डिका गणबाट सादा पोशाकमा अग्लो पुल पुगेका प्रहरीबीच विवाद उत्पन्न भएपछि झडप भएको थियो ।
घाइते हुनेमा शसस्त्र प्रहरी हवल्दार खगेन्द्रप्रसाद जोशी र तारा सुनार रहेका छन् भने नेपाल प्रहरीका नमबहादुर गुरुङ र डोलराज थापा रहेका छन् । विवाद उत्पन्न भएपछि नेपाल प्रहरीको ड्युटीमा भएको समुहले शसस्त्र प्रहरीलाई बन्दुकको नाल नै प्रयोग गरेर घाइते बनाएको पाइएको छ ।
अहिले दुवै पक्षका घाइतेहरुको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ । सशस्त्र प्रहरीका जोशी र सुनार दुवैको टाउको र हातमा गम्भिर चोट लागेकोले उनीहरुलाई पोखरा लगिएको छ ।