संघीयतासहितको सिमांकनमा सहमती
काठमाडौं,२४ साउन । संविधानसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैटकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन पेश हुँदैछ । दलहरुले हिजै सहमति गरेर सो प्रतिवेदन संवाद समितिमा पेश गरिसकेका छन् । आज बस्ने संवाद समितिको बैठकले प्रतिवेदनमाथि छलफल गरेर पारित गरेपछि संविधानसभामा पेश गरिनेछ । बिहान ११ बजेका लागि बोलाइको संवाद समितिको बैठकमा दलहरुबीच मिल्न बाँकी रहेका सासकीय स्वरुप,धर्म, थ्रेसहोल्ड लगायतका विषयमा छलफल हुनेछ ।
यसैबीच, दलहरुबीच लामो समयदेखि विवाद रहँंदै आएको संघीयता सहितको सिमाङकनमा सहमती भएको छ । हिजो दिनभरको प्रयासपछि मध्यरातमा विशेष समितिका सदस्यहरुले हस्ताक्षर समेत गरेका छन् । सहमतीमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष कबिजयकुमार गच्छदारले भने फरक मत सहित हस्ताक्षर गरेका छन् । दलहरुबिचको सहमतीमा धर्म निरपेक्षता र थ्रेसहोल्डबारे भने पछि निर्णय गरिने सहमती भएको छ । जनताको सुझाब अनुसार नागरिकतामा महिलाहरुलाई पनि पुरुष सरह समान अधिकार दिईने छ । त्यस्तै सुरक्षा परिषदमा प्रधानसेनापति र मुख्य सचिब राख्न पनि दलहरु सहमत भएका छन् । दलहरुबिच सहमती भएपछि मध्यरातमै संबाद समितिको बैठक बसि सहमतीको प्रतिबेदन पेश गरिएको थियो ।
सहमतिपत्रमा राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग वा समुदायको हुने प्रावधान पनि थपिएको छ । त्यस्तै गुठी समस्या, चलचित्र, अख्तियारको अधिकार क्षेत्र विस्तार, विदेशी म्ख्रएच्रन्चभभल ऋबचम लिनेलाई राजनीतिक र संवैधानिक नियुक्तिबाट वंचित गर्ने पनि थप गरिएको छ । वडाध्यक्षको प्रत्यक्ष निर्वाचन, निजी क्षेत्रको भुमिका विस्तार,सार्वजनिक सम्पत्तिको रक्षा नागरिकको कर्तव्य आदि पनि थपिएका छन् । ‘पूर्ण’ प्रेस स्वतन्त्रता र सशस्त्र प्रहरी वल को नाम सशस्त्र प्रहरी वल, नेपाल राखी दलहरुबीच सहमती बनेको छ । दलका नेताहरुबीच गएराती भएको सहमति अनुसार ७५ जिल्लामध्ये तीन जिल्ला भने टुक्रिएका छन् । टुक्रिएका जिल्लाहरुमा रुकुम, बागलुङ र नवलपरासी रहेका छन् ।