संविधान सभा बैठक स्थगित
काठमाडौं,२२ साउन । सहमतिका लागी दलहरुले समय माग गरेपछि संबिधान सभाको बैठक स्थगित भएको छ । आजको लागी डाकिएको बैठक दलहरुकाबिच सहमती जुट्न नसकेकाले भोली सम्मको लागी संविधानसभा अध्यक्ष सुवास नेम्वाङले स्थगित गर्नु भएको हो ।
बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमती समितीको प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको थियो । प्रदेशको सिमाकंनको बिषयमा आएर अड्किएका दलहरुले सहमति गर्न नसकेपछि संवाद समितीले प्रतिवेदन तयार पार्न सकेको छैन । संविधानसभा बैठक भोली दिउसो ३ बजेका लागी बोलाईएको छ ।