गौतमले राजिनामा दिए

काठमाडौं,२२ साउन । गरिबी निवारण तथा सहकारी मन्त्रालयका सचिव श्रीधर गौतमले राजिनामा दिनुभएको छ । सचिबहरुको वरिष्ठतामा एक नम्बरमा रहनुभएका गौतमले मुख्य सचिवमा बढुवा नभएपछि निरास भएर राजिनामा दिनुभएको उहाँ निकट स्रोतले जनाएको छ ।
सरकारले वरिष्ठतामा दोस्रो नम्बरमा रहेका सोमलाल सुबेदीलाई मुख्य सचिवमा नियुक्त गरेको थियो । कार्यकाल अझै १ वर्ष भए पनि सरकारले आफूमाथि अन्याय गरेको बुझाई गौतमको रहेको स्रोतले बताएको छ ।