Live Streaming

काभ्रे केन्द्रविन्दु भएको भुकुम्प गयो

काठमाडौं,२२ साउन । शुक्रबार मध्यान्ह काभ्रे जिल्लाको ढुंखर्क केन्द्रबिन्दु भएको भूकम्पको धक्का महसुस भएको छ । मध्यान ११ बजेर ५७ मिनेटमा काभ्रेको ढुंखर्कलार्इ केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो ।

भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यसअघि बिहीबार राति ८ बजेर ३६ मिनेटमा सिन्धुपाल्चकोकको बराम्ची केन्द्रबिन्दु भएको ४.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो ।