Live Streaming

​वृद्धलाई खोलाले बगायो

मनोहरकुमार


राजविराज, २२ साउन: बजार हिँंडेकी एक वृद्धा महिलाको उदयपुरमा खोलाले बगाएर मृत्यु भएको छ । उदयपुरको रिस्कु ३ मा पर्ने तावा खोलाले बगाएर बिहीबार पञ्चावती ६ की ६६ वर्षीया फुलमाया सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अपरान्ह कटारी बजारका लागि हिंडेकी बृद्धाको खोला तर्ने क्रममा बाढीले बगाएको अञ्चल प्रहरी कार्यालय सगरमाथाले जनाएको छ । मृतकको शव बगाएको स्थानदेखि केही पर फेला परेको थियो ।