Live Streaming

एसएलसी दिँदादिँदै छोरो जन्मियो

श्यामकृष्ण दाहाल

भोजपुर,,२२ साउन । भोजपुरमा एसएलसीको पूरक परीक्षा दिँदादिँदै एक परीक्षार्थीले छोरो जन्माएकी छिन् । सदरमुकामस्थित यशोधरा उच्च माध्यमिक विद्यालय टक्सार परीक्षा केन्द्रमा गणित विषयको परीक्षा दिँदादिँदै जनोदय उच्च मावि कोटकी मिना शेर्पाले शुक्रबार विहान छोरो जन्माएकी हुन् ।

उत्तरपुस्तिकामा लेख्नमात्रै शुरु गरेकी शेर्पालाई सुत्केरी व्यथाले च्पापेपछि परीक्षा हल बाहिर निकालिएको थियो । उनले परीक्षा केन्द्र प्राङ्गणमै शिशुलाई जन्म दिएकी हुन् । आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको शेर्पाको परिवारले जनाएको छ ।