Live Streaming

​सहमति भएन भने प्रकृयामा जानुपर्छ: भीम रावल

काठमाडौं,२२ साउन । नेकपा एमालेले सहमति भए सहमति र नभए प्रकृयाबाट जानुपर्ने धारणा अघि सारेको छ । सहमतिका लागि भन्दै अब धेरै समय खेर फाल्न नसकिने र अब संविधानसभा प्रतिबेदन बुझाएर बाँकी बिषयको टुंगो संविधानसभाबाटै लगाउनुपर्ने एमालेले बताएको छ ।

रेडियो अन्नपूर्ण नेपालको नियमित बिहानी कार्यक्रम अन्नपूर्ण फ्रन्टलाइनमा कुराकानी गर्दै एमाले उपाध्यक्ष भीम रावलले आजको बैठकमा शीर्ष नेताहरुबीच सहमति भएन भने प्रकृयामा जानुपर्ने बताउनुभयो । उहाँले सर्बसम्मतिको संविधान बनेको इतिहास विश्वमा कही पनि नभएको भन्दै सहमति हुन नसके संविधानसभको नियमावली अनुसारनै अघि बढ्नुपर्ने बताउनुभयो ।