Live Streaming

राजेन्द्र क्षेत्री कायम मुकायम प्रधानसेनापति

काठमाडौं,२२ साउन । सरकारले नेपाली सेनाका बलाधिकृत रथी राजेन्द्र क्षेत्रीलाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्री परिषद बैठकले क्षेत्रीलाई कायममुकायम प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रधानसेनापति गौरब शम्सेर राणाले अर्को महिना अवकाश प्राप्त गर्नुहुने भएपछि क्षेत्रीलाई कायम मुकायमको जिम्मेवारी दिन लागिएको हो । राणा भने आजैबाट बिदामा बस्नुभएको छ ।