अण्डर १९ विश्वकप क्रिकेटको छनौट खेल मलेसिया सारियो

काठमाडौं,२२ साउन । नेपालमा आयोजना हुने भनिएको अण्डर १९ विश्वकप क्रिकेटको छनौट खेल मलेसिया सारिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसिले असोज २७ देखि कात्तिक ६गतेसम्म हुने तय भएको प्रतियोगिता मलेसियाको क्वालालम्पुरमा गर्ने निर्णय गरेको हो ।
भुकम्प पछिको पुर्ननिर्माण र नेपालमा जारी राहातको कार्यक्रमलाई आधार बनाउँदै सो प्रतियोगिता मलेसियामा गर्न लागेको आइसिसिले जनाएको छ । आइसिसिले क्रिकेट एसोसिएसन अफ नेपाल क्यानसंँंगको छलफलमै आयोजना स्थल परिवर्तन गरेको जनाएको छ । प्रतियोगितामा नेपाल सहित आयरल्याण्ड, पपुवान्युगिनी, युगाण्डा र अमेरिकाले सहभागिता जनाउनेछन् ।