Live Streaming

नेपाली क्रिकेट टोली आज मलेसिया जाने

काठमाडौं,२२ साउन । आइतबार मलेसियामा हुने व्याट फर नेपाल क्रिकेट खेल्ने नेपाली टोली आज मलेसिया प्रस्थान गर्दैछ । टोली आज बेलुकी ९ बजे मलेसिया जाने क्रिकेट एसोसिएसन अफ नेपाल क्यानले जनाएको छ । भुकम्प पीडितहरुको सहगार्थ मलेसिया क्रिकेटको आयोजनामा हुन लागेको खेलमा पारस खड्काको नेतृत्वमा नेपाली टोली मैदान उत्रनेछ ।

विश्व ११ भने पूर्व श्रीलंकाली खेलाडी सनत जयसुर्याको कप्तानीमा मैदान उत्रनेछ । २० ओभरको प्रतियोगिता मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा हुनेछ । यसैबिच नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले भने सो प्रतियोगिता नखेल्ने भएका छन् । उनले पारिवारिक कारणले मलेसिया जान नसक्ने बताएका हुन् । उनको स्थानमा नरेश बुढाऐरलाई मलेसिया पठाइने क्यानले जनाएको छ ।