बन्दका कारण जनजीवन प्रभावित

काठमाडौं,२२ साउन । विभिन्न समुहले आह्वान गरेको बन्दका कारण पूर्वाञ्चल र सुदुपश्चिमको जनजीवन प्रभावित भएको छ । पूर्वाञ्चलमा हिन्दु राज्यको माग गर्दै हिन्दुबादीले र कालो दिनको रुपमा लिम्बुवानले आह्वान गरेको बन्दका कारण त्यहाँंको जनजीवन प्रभावित भएको हो ।
सनातन हिन्दु राष्ट्र संघर्ष समितीको बन्दका कारण पूर्वाञ्चलमा यातायात सञ्चालन हुन सकेको छैन भने प्रमुख शहर, बजार तथा कलकारखाना ठप्प छन् । केहिदिन अघि सुनसरीको इटहरीमा गरिएको प्रदर्शनका क्रममा प्रहरीले धरपकड गरेको भन्दै समितीले पूर्वाञ्चलका सबै जिल्लामा बन्दको आह्वान गरेको हो । बन्दका कारण गन्तव्यमा हिडेका हजारौ सर्बसाधारणहरु विचबाटोमै अलपत्र परेका छन् ।
यसैगरी पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्ने क्रममा आफुहरुको राज्य खोसेको भन्दै सोही दिनको सम्झनामा पुर्वाञ्चलन बन्दको आह्वान गरेको हो । सुदुरपश्चिपममा पनि दलहरुबिच कैलालीलाई टुक्राउने सहमती भएको भन्दै अखण्ड सुदुरपश्चिम पक्षधरहरुले अह्वान गरेको बन्दका कारण कैलाली लगायतका जिल्ला प्रभावित भएका छन् ।
बन्दको बढि प्रभाव कैलाली परेको र कैलाली भएर चल्ने यातायातका साधन चल्न नसकेका कारण त्यसको प्रभाव अन्य जिल्लामा पनि रहेको हाम्रा सहकर्मीले जनाएका छन् ।कैलालीमा भने यातायातका साथै बजार, शिक्षण संसथा, कलकारखाना सबै ठप्प छन् । दलहरुबिच कैलाली जिल्लालाई टुक्राएर छुट्टाछुट्टै प्रदेशमा राख्ने सहमती भएपनि अखण्ड सुदुरपश्चिप पक्षधरहरु आन्दोलित भएका हुन् । उनीहरले आज बिहान प्रदर्शनको तयारी समेत गरेका छन् ।