Live Streaming

​६० जिल्लामा न्यायधिश नियुक्तीका लागि सिफारिस

काठमाडौं,२१ काठमाडौं। न्यायपरिषद्ले विभिन्न ६० जिल्लामा न्यायाधीश नियुक्तीका लागि सिफारिस गरेको छ । न्यायपरिषद्ले ६० जना न्यायाधीशहरु सिफारिस गरेको सर्वोच्चका सहप्रवक्ता बासुदेव न्यौपानेले जानकारी दिनुभयो । उहाँंका अनुसार न्याय समुहबाट ३९जना कानुन सेवाबाट ९ जाना र सरकारी वकिलबाट १२ जना न्यायधीश नियुक्तीका लागि सिफारिस गरिएको हो ।

 सिफारीस गरेका न्यायधिशका लागि दुई महिनाको तालिम अवधि पछि मात्र जिल्ला न्यायाधीशका लागि जिम्मेवारी दिइने छ । नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतबीचको विवादका कारण लामो समयदेखि अदालतमा न्यायाधीश हुन सकेको थिएन ।