मुख्य विवादित विषय आज साँझसम्म टुंगिने

काठमाडौं,२१ साउन। प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरुले नयाँ संविधानका मुख्य विवादित विषय आज साँझसम्म टुंगिने बताएका छन । सीमांकन सहितको ६ प्रदेशमा सहमति नजिक पुगेका प्रमुख चार दल अहिले संबैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तर्गतको बिशेष समिति बैठकमा व्यस्त रहेका छन ।
संघियता सहित प्रमुख विवादित मुद्दाहरुः नागरिकता, धर्मलगायतका अन्य सबै विषय टुंग्याइने कँग्रेस सहमहामन्त्री पूर्ण बहादुर खड्काले जानकारी दिनुभयो । आज नै सबै विषयको टुगाें लाग्ने र साँझ ५ बजे संवाद समितिको बैठकमा सहमतिको एकिकृत प्रतिवेदन पास गरिने पनि खड्काले जानकारी दिनुभयो । संवाद समिति सभापति बाबुराम भट्टराईले बैठक सकारात्मक ढगंले अघि बढेकोले आज सहमति हुने बताउनुभयो ।
उहाँले आज सहमति गरेर प्रतिबेदन बुझाउने तयारी गरेको भन्दै संविधानसभा अध्यक्षललाई संविधानसभको बैठक भोलिमात्रै बोलाउन आह्वान गरिएको जानकारी पनि दिनुभयो । दलहरुबीचको हिजो साँझको बैठकमा मधेसमा दुई प्रदेश सहित दलहरुले ६ प्रदेशको संघीय संरचनामा राज्यको पुनर्संरचना गर्ने सहमति भएको श्रोतको दावी छ । संविधानको प्रारम्भिक मस्यौदामा ८ प्रदेश उल्लेख गरेर जनताको राय–सुझाव लिइएको थियो । प्रदेशका नाम भने प्रदेशसभाले टुंग्याउने गरी यसअघि मस्यौदामा रहेकै विषय राखिने सहमति छ ।