Live Streaming

​सिमांकनको विषयमा सुदूरपश्चिममा तनाव

शिबराज भट्ट
धनगढी, २१ साउन:  प्रदेशको सिमांकनका लागि कैलालीको केही भाग टुक्राउने कुरा बाहिर आएपछि सुदूरपश्चिममा तनाव सुरु भएको छ । सबैभन्दा बढी कैलालीमा तनाव देखिएको हो ।
धनगढीमा संयुक्त मधेसी लोकान्त्रीक मोर्चाले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण र संविधानको मस्यौदाको विरोध कार्यक्रम, अखण्ड सुदूरपश्चिम पक्षधरहरुले विथोलेका छन ।

विहीबार विहान ११ बजे देखि जिल्ला विकास समिति कैलालीको सभाकक्षमा हुने भनिएको मस्यौदाको विरोध कार्यक्रम गेटमा अखण्ड पक्षधरहरुले नाराबाजी गर्दै टायर बालेपछि स्थगित गरिएको छ । कार्यक्रमका लागि आएका संयीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नेपाल सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस लोकतान्त्रीक पार्टीका अध्यक्ष विजय गुप्ता लगायतका मधेसी नेताहरु विहीबार धनगढी पुगेका हुन ।


सयुक्त मधेसी लोकान्तीक मोर्चाले कार्यक्रम आयोजना गरेको स्थल जिल्ला विकास समितीमा नेताहरुलाई छिर्न नदिने भन्दै विरोध भएपछि धनगढीको होटल डिभोटीमा कार्यक्रमको आयोजना गरिएको छ । विहान ११ बजेदेखि हुने भनिएको कार्यक्रम दिउसो १ बजेदेखि मात्रै सुरु गरिएको छ । अखण्ड सुदूरपश्चिम आन्दोलन परिचालन समितिका संयोजक गोपाल देउवाको नेतृत्वमा होटलमा समेत नाराबाजी गरिएको छ । अखण्ड पक्षधरले बजारमा टायर बालेर प्रदर्शन गरिरहेका छन ।

केही बेरमा अखण्ड सुदूरपश्चिम पक्षधरहरुको धनगढीमा जुलुस भईरहेको छ ।यस्तै सुदूरपश्चिम एक प्रदेशको मागगर्दै कैलालीको टीकापुर बजार बन्द गरिएको छ । स्थानीय युवाहरूले विहीबार बिहानैदेखी टिकापुर बजारमा नाराबाजी गर्दै बन्द आह्वान गरेका हुन । बन्दका कारण टीकापुरबाट चल्ने तथा भित्रिने सवारी साधन चल्न सकेका छैनन, भने बजार, उद्योगधन्दा बन्द रहेका छन ।
यस्तै हिन्दुराज्यको मागगर्दै गरिएको आन्दोलन र अखण्डको आन्दोलन संयुक्त रुपमा सुरु गरिएको छ । हिन्दु धर्म बचाउ सर्घष समिती कैलालीकै अत्तरिया दिउसो २ बजे देखी ५ बजे सम्म अत्तरियमा ३ घण्टा चक्काजाम र शुक्रबार देखि अनिश्चितकालिन बन्दको आह्वान गरेको छ ।संघीय राज्य बनाउने क्रममा कैलालीलाई विभाजन गर्ने चर्चासंगै कैलालीमा प्रदर्शन भएको हो । दलहरूबीच कैलालीको खुटिया नदीलाई प्रदेश सीमा बनाएर पूर्वको भाग थारूवान÷थरूहट तथा पश्चिमको भागलाई सुदूरपश्चिम र खप्तडमा राख्ने छलफल चलेसंगै कैलालीमा बुधबारदेखि नै विरोध प्रदर्शन सुरु भएको हो । 

एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले खुटियालाई प्रदेशको सीमा बनाएर कैलालीलाई दुई भागमा विभाजन गर्ने सहमति जनाएपनि कांग्रेस, एमालेले अझै सहमति जनाएका छैनन् ।