Live Streaming

​सात वर्षीया बालिका बलत्कार गर्ने गिरी पक्राउ

रत्नप्रसाद आचार्य

धरान,२१ साउन । धरान उपमहानगरपालीका १४ स्थित विजयपुरमा एक सात वर्षीया बालिका पटक पटक बलत्कारको सिकार भएकी छिन् । छिमेकी एक १९ वर्षीय युवाले घरमा बोलाएर पटक पटक बलत्कार गरेपछि उनका अविभावकले चालपाएपछि बालीका बलत्कारमा परेको घटना बाहिर आएको हो । 


ललाई फकाइ घरमा बोलाएर बालिका बलत्कार गरेको अभियोगमा छिमेकी १९ वर्षीय शव गिरी पक्राउ परेका छन् । प्रहरीले उनलाई बुधबार राति पक्राउ गरी बिहीबार इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । बालिका बलत्कारमा परेको चाल पाएपछि अविभावकले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन् । इलाका प्रहरी कार्यालय धरानले गिरीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही अगाडि बढाएको डिएसपी सुदमकुमार सिजापतीले बताएका छन् । 


बलत्कार परेकी बालिकाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । बलत्कारमा परेकी बालीकाका अवस्था खतरामुक्त भएपनि मानसिक रुपमा विक्षिप्त भएको बताएको छ ।  गिरी विरुद्ध जबरजस्ती करणी गरेको अभियोगमा मुद्धा दर्ता गरी जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक कारबाही पक्रिया अगाडि बढाइएको डिएसपी सुदमकुमार सिजापतीले बताएका छन् । गिरीले बालीका बलत्कार गरेको स्वीकार गरेका छन् ।