Live Streaming

​नेपाल इन्भेष्टमेन्ट बैंकले ६८ लाख कित्ता सेयर जारी गर्ने

काठमाडौं,२१ साउन । नेपाल इन्भेष्टमेन्ट बैंकले सर्वसाधारणका लागि ६८ लाख कित्ता सेयर जारी गर्ने भएको छ । बैंकले लगानीमा ३० प्रतिशत पुर्याउन राष्ट्र बैंकले दिएको निर्देशन अनुसार सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको हो ।

बैंकले नेपाल स्टक एक्सचेन्जलाई ६८ लाख कित्ता एफपीओ सेयर जारी गर्ने जानकारी गराएको छ । दोस्रो सेयर बजारमा मूल्याङ्कन गरिएको सेयर मूल्यभन्दा कम्तीमा ५० रुपैयाँ कमले यो सेयरको प्रतिकित्ता मूल्य निर्धारण हुने भएको छ । बैंकको हाल ४ अर्ब ७७ करोडको चुक्ता पुँजी रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले ६८ लाख साधारण सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ४५ करोड पुग्नेछ ।  बैंकमा अहिले सर्वसाधारणको ९५ लाख ४० हजार कित्ता छ, जुन कुल सेयरमध्ये २० प्रतिशत मात्रै हो ।