Live Streaming

हिन्द महासागरमा मलेसियन एयरलाइन्सको टुक्रा भेटियो

एजेन्सी,२१ साउन । हिन्द महासागरमा भेटिएको एउटा टुक्रा गत साल हराएको मलेसियन एअरलाइन्सको विमानकै अवशेष भएको पुष्टी भएको छ । मलेसियाका प्रधानमन्त्री नाजीब रजाकले सो अवशेष मलेसियन एअरलाइन्सको एम एच ३७० कै भएको पुष्टी गर्नुभएको हो ।

हिन्द महासागरको रि युनियन टापुनजिक भेटिएको सो अवशेष फ्रान्समा लगेर अनुसन्धान गरिएको थियो । तर फ्रान्सका अभियोजनाकर्ताहरुले भने विश्वसनीय पुष्टीका लागि अझै अनुसन्धानको खाँचो रहेको बताएका छन् । सोही विमानको अवशेष भएको आशंका गरिएदेखि नै अवशेष भेटिएको स्थान वरपर खोजी केन्द्रित गरिएको छ ।

गएको साल मलेसियाको क्लावालम्पुरदेखि २ सय ३९ जनासहित बेइजिङका लागि उडेको विमान बेपत्ता भएको थियो ।