डुंगा डुब्दा २५ को मृत्यु
एजेन्सी,२१ साउन । लिबियास्थित भूमध्य सागरमा शरणर्थीहरुलाई लिएर गइरहेको एउटा डुंगा पल्टिदा २५ जनाको मृत्यु भएको छ । डुंगामा रहेका मध्ये ४ सय भन्दा बढिलाई सकुशल उद्धार गरिएको र हालसम्म २५ जनाको शव निकालिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ । डुंगामा ६ सय भन्दा बढी शरणार्थी सवार थिए । डुंगा डुब्दा हराइरहेकाहरुको खोजी कार्य भइरहेको छ । द्धन्द्धग्रस्त मुलुकबाट भुमध्यसागर हुँंदै युरोप छिर्ने शरणार्थीहरुमध्ये यसै वर्ष मात्र २ हजार भन्दा बढीको ज्यान गएको छ ।