निर्वाचन गराएरै छाड्ने नेपाल ओलम्पिक कमिटिको चेतावती
काठमाडौं,२१ साउन । अदालतको अन्तरिम आदेशलाई बेवास्ता गर्दै नेपाल ओलम्पिक कमिटी एन ओसीले चुनावी साधारण सभा गर्ने तयारी गरेको छ । निर्वाचनका लागि सातदोबाटोस्थित कार्यालयमा साधारण सभा बोलाइएको भएपनि त्यहाँं सरकारले सुरक्षाकर्मी तैनाथ गरेका कारण सभा सुरु हुन सकेको छैन ।
एन ओसीका महासचिव जीवनराम श्रेष्ठले आफुहरुलाई सुरक्षाकर्मीले अवरोध गरेका कारण साधारण सभा सुरु गर्न नसकिएको बताउनुभयो । पुनरावेदन आदालतको आदेशको पत्र एनओसीमा नआइपुगेको भन्दै पत्र नआएसम्म निर्वाचन नरोक्ने उसको अडान छ । कुस्ती संघ, नेपाल कराते महासंघ र नेपाल ¥याफ्टिङ संघको निवेदनका आधारमा पुनरावेदन अदालतले निर्वाचन रोक्न आदेश दिएको थियो ।