Live Streaming

​हिरोसिमा आक्रमणको ७० वर्ष

एजेन्सी,२१ साउन । जापानको हिरोसिमामा परमाणु बम खसालेको आज ७० बर्ष पुरा भएको छ । सन् १९४५ अगष्ट ६ मा दोस्रो विश्वयुद्धका क्रममा अमेरिकी एअरक्राफ्टले बम खसाल्दा मृत्यु भएका लाखौँको सम्झनामा हिरोसिमा स्मृति पार्कमा एक समारोहको आयोजना गरिएको छ ।

हजारौँ जापानी नागरिक लालटिनसहित सहभागी भएको कार्यक्रमलाई प्रधानमन्त्री सिन्जो आवेले सम्बोधन गर्नुभएको थियो । दोस्रो विश्वयुद्धका क्रममा जापानको हिरोसिमामा पहिलो र दोस्रो परमाणु बम नागासाकीमा खसाल्दा १ लाख ४० हजार भन्दा बढिको मृत्यु भएको थियो ।