Live Streaming

पाल्पामा बाँंदार आतंक बादर आतंकको विरोधमा प्रशासनमा उजुरी

जगदीश भराई 

पाल्पा,२१ साउन । पाल्पामा बाँदरले बारीको मकै सखाप पारेपछि पाल्पाका किसान गुहार माग्दै जिल्ला प्रशासन कार्यालय धाएका छन् । पीडित स्थानीय बासिन्दाले हतियारको प्रयोग गर्न पाउनुपर्ने र अन्यथा प्रहरी परिचालन गरेर बाँंदर आतंक रोक्न माग गर्दै उजुरी समेत दिएका छन् । 

जिल्लाको चापपानी गाविसका किसान बाँदरले बारीमा रहेको मकै खानुका साथै भाचेर लथालिङ बनाए पछि उनीहरु प्रशासन धाउन बाध्य भएका हुन् । बन्दुक पटकाजस्ता ठूला ठूला आवाज आउने वस्तु पड्काउन नपाइने तर सामान्य हाइहुइले मात्र बाँदरले नटेर्ने गरेको किसानहरुको भनाई छ ।

चापपानीको वडा ५ लामडाँडा, यम्घाको वजादीलगायतका ठाउँमा ठूलो संख्यामा बाँदरको हुल नै आएर खेतबारीमा रहेको खेतिनै सखाप पारेको स्थानीय कृषक तुलसा भट्टराईले गुनासो गरे । 
बारीनै ढाक्नेगरी ६÷७ सयको संख्यामा बाँदरको हुल आएर बारीमा रहेको मकै खान्छन उनले भने, कतिपय बाँदरले त घरभित्रै पसेर अन्नवाली लैजाने, क्षति गर्ने गरेकोले बन्दुकको प्रयोग गर्न आउँनुपर्ने उनीहरुको माग छ  ।


भट्टराईले घरभित्र पसेर केहि चो¥यो भने मान्छेलाई कारवाही हुने तर बाँदरलाई केहि गर्न नमिल्ने भन्दै गुनासो पोखे । बुधवार प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई उनकै कार्यकक्षमा भेटेर भट्टराईले बाँदर धपाउनको लागि सहयोगको याचना गरे । ,,कि त आफुहरुलाई अधिकार दिनुप¥यो हैन भने प्रहरी परिचालन गरेर भएपनि बाँदर लखेट्ने व्यवस्था मिलाउनु प¥यो उनको माग थियो । यसअघि सोही गाउँका किसानहरु बाँदर धपाईदिन प¥यो भन्दै प्रजिअ लामिछानेसँग डेलिगेशन नै आएका थिए ।

तर आफ्ना समस्याको सुनुवाई नभएको उनीहरुको दुखेसो छ । 
प्रजिअ लामिछानेले भने कानूनका हिसाबले बाँदर मार्न नपाईने भन्दै सबै मिलेर लखेट्न सकिने प्रतिक्रिया दिए । स्थानीय एक जुट भएर धपाउनको लागि सुझाव दिँदै उनले आवश्यक परे प्रशासनले पनि सहयोग गर्ने आश्वासन भने दिएका छन् । बथानमा आएका बाँदरले भुक्दै गएका कुकुरलाई पिट्ने देखि लिएर मानिसले हानेकै ढंगा समातेर फेरी मानिसलाई हान्ने गरेको स्थानीयको भनाई छ ।

 जिल्लाको पालुंग मैनादी, भुवनपोखरी लगायतका गाविसमा पनि बाँदरले आतंक मच्चाएको किसानको गुनासो छ । बारीको अन्नबाली कुर्नुपर्ने र बादर लखेट्दा सास्ती खेप्नु परेको स्थानीय कृषकहरु बताउँछन् । ‘बिहानको झुसमुसेबाट नै बादर बथान सहित बारी र खेतमा पस्छ कति बेला र कताबाट आउँछ भनेर कुरेर बस्नुपर्छ,’ छहरा ५ का हिमप्रसाद पोखरेलले दुखेसो गर्दै भने– ‘एक्लै देखे बादरले मानिसलाई नै आक्रमण गर्न खोज्ने हुँदा गाउँका दुईचार जना भएर बारीका कान्ला खेत र जंगलमै पुगेर बादर धपाउन पर्छ । 

यो दैनिक जसो भएको समस्या हो ।’ बादरले मकै तरकारीबाली गोलभेडा र खेतको धान खान्छ नै अहिले त भर्खर बतिला लाग्न थालेको सुन्तला मौसम पनि सखाप पारेको पालुङमैनादी गाविसका इन्द्र कुवँरले बताए । उनी भन्छन्न् ‘बादरले पहिला यस्तो बढी क्षेती गर्दैनथ्यो । तर आजभोली मान्छेलाई टेर्न छोड्यो । हुलका हुल बादर बारीमा पस्छ बादर ढपाउन बसेका छोराछोरी स्कुलनै गएका छैनन् ।’बादरले पश्चिम पाल्पाका छहरा सोमादी भुवनपोखरी मुझुङ पालुङमैनादी लगाएत डेढ र्दजन गाविसका किसानलाई आजित बनाएको छ ।

बिहानदेखि साझसम्म आलोपालो गरेर बादरको रेखदेख गर्नु पर्ने मेलापात विद्यालय र घरायसी काम समेत छोडेर अन्न बाली बचाउन लागी परेको स्थानीयको भनाइ छ । सो गुनासो र अजुरीका बिषयमा पाल्पाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने संग वुझ्दा, समस्या समाधानका लागि प्रयास गर्ने तर्फ आफुहरुको गम्भीर ध्यानाकर्षण भएको बताए ।  

बाँंदरका बारेमा केही बुढापाका भन्छन्, अहिले मान्छेको चाप बढेको छ । वनजंगल जथाभावी रुपमा फडानी भएका छन् । जंगलमा विभिन्न खानेकुरा लोप हँुदैछ । यस कारण बादर घरबस्ती तिर आउन थालका हुन् । यस्तै मान्छेजस्तै बाँंदर बढी तिर्खाउँछ जंगलमा पानीका मुहान सुक्दै जानु र बादरले पानीसम्म खान नपाएकाले बादरले खेतीपाती खानु भन्दा पनि नोक्सानी बढी गरेको भनाइ छ । सोमादी ७ तान्सिंगलका खगेन्द्र पोखरेल भन्छन्न् ‘गएको वर्ष आधा भन्दाबढी मकै बादरले खायो ।

अहिले २० हजार हालेर भोटे कुकुर पालेको छु । कुकुरले भुक्ने भएकाले हाम्रो गाउँमा बादर कम आएको छ । तर अन्य ठाउँमा बादरको बथान नै छ ।’बादर हेर्न भनेर गाउँ गाउँमा अस्थायी टहरा बनाइ दिनभर बादरको हेरालु बन्नु परेको उनले बताए ।अहिले जिल्लाको अधिकांस ठाउँमा मकै बाली हुने भएको बादरले बढी सताउने गरेको छ ।