Live Streaming

​काठमाडौंमा कडा हैजा

काठमाडौं,२१ साउन । काठमाडौंमा झाडापखालाको समस्याले अस्पताल भर्ना भएका ६ जनामा कडा हैजा पाइएको छ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएकाहरूमा हैजा देखिएको हो । यस पटकको हैजा तीन–चार वर्षयताकै कडा रहेको विशेषज्ञहरूको दाबी छ ।

राजधानीमा डेढ दशकयता बर्षेनी वर्षायाममा हैजा देखिँदै आएको छ । टेकु अस्पतालमा झाडापखाला र हैजाका बिरामीको संख्या गत शनिबारदेखि बढदो छ । हाल दिनहुँ २५ जनासम्म झाडापखालाका बिरामी भर्ना हुने गरेका छन् ।

 टेकु अस्पतालका डा. शेरबहादुर पुनले यस पटकको हैजा पहिलेको दाँजोमा फरक रहेको बताउनुभयो । हैजाको ब्याक्टेरियाबाट संक्रमित दूषित खाना वा पानी खाँदा यो संक्रमण हुन सक्छ । चिकित्सकले बल्खु, कुलेश्वर, कालिमाटी तथा टेकुक्षेत्रबाट नयाँ बिरामी आइरहेको बताएका छन । हैजा ब्याक्टेरियाद्वारा आन्द्राको संक्रमणले गर्दा उत्पन्न हुने झाडापखालासम्बन्धी गम्भीर रोग हो ।