Live Streaming

मेसिनमा च्यापिएर नेपालीको मृत्यु

अर्जुन काफ्ले

मलेसिया,२० साउन । मलेसियाको इपोस्थित एक कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर एक नेपाली युवाको ज्यान गएको छ।  कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर धादिङको नलाङका सिजन गिरी सोमबार मृत्यु भएको हो । गिरी इपोको एक प्लास्टिक कम्पनीमा कार्यरत थिए ।

मेसिनमा प्लास्टिकको कच्चा पदार्थ लगाउने क्रममा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको उनका आफन्त राजेन्द्र पुरीले जानकारी दिए । गिरिको शव पोस्टमार्टमका लागि इपो अस्पतालमा राखिएको छ । कम्पनीले गिरीको शब बिहीबार नेपाल पठाउने भएको छ ।