भारतमा रेल दुर्घटना कम्तीमा १३ जनाको मृत्यु
एजेन्सी,२० साउन । भारतको मध्यप्रदेशमा रेलको एक डिब्बा लिखबाट उछिटिंदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । मध्यप्रदेशको हरदा जिल्लामा कामायनी एक्सपे्रसको अन्तिम डिब्बा लिखबाट उछिटिएको थियो । सो डिब्बामा रहेका दर्जनौ यात्रुहरुलाई भने सकुशल उद्धार गरिएको भारतीय अधिकारीहरुले बताएका छन् ।
पुलमाथि पानी जमेको लिखबाट सो रेलको अन्तिम डिब्बा उछिटिएपछि अर्को जनता एक्सपे्रसको रेलको ईन्जिनसँंंग ठोक्किएको थियो । सो रेलका यात्रु भने सकुशल रहेको भारतीय अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।