Live Streaming

​हवाई भाडा घट्यो

काठमाडौं,१९ साउन। हवाइ इन्धनको मुल्य घटेपछि आन्तरिक वायु सेवा कम्पनीहरुले हवाई भाडा घटाएका छन् । वायु सेवा कम्पनीहरुको आज बसेको बैठकले आगामी  शुक्रबारदेखि लागूू हुने गरी हवाइ भाडा घटाउने निर्णय गरेका हुन् ।

कम्पनीले सबैभन्दा लामो दुरी काठमाडौं – धनगढी को भाडा ५ सय ८१ दशमलव २५ रुपया घटाएको छ । यसैगरी काठमाडौं पोखराको भाडा २ सय ५३ दशमलव १३, काठमाडौं विराटनगर ३ सय ४६ दशमलव ८८,  काठमाडौं भरतपुर १ सय ९६  दशमलव ८८ रुपेया घटाइएको छ ।

यस्तै काठमाडौं भद्रपुर ४ सय १२ दशमलव ५०, काठमाडौं भैरहवा ३ सय ९ दशमलव ३८, काठमाडौं जनकपुर २ सय २५, काठमाडौं तुम्लिङटार ३ सय ९ दशमलव ३८ र बिराटनगर तुम्लिङटार १ सय ८७ दशमलव ५० रुपया भाडा घटाइएको छ ।  काठमाडौंबाट सबैभन्दा छोटो दुरी सिमराको भाडा १ सय ६७ दशमलव ७५ रुपैयाँं भाडा घटाएको छ ।