दुई बालकको शव फेवातालमा भेटियो
पोखरा,१९ साउन । कास्कीको भदौरे तामागी घाँटीछिनामा ६ दिनअघि झरेको पहिरोमा परी वेपत्ता दुई बालकको शव आज फेला परेको छ । भदौरे ५ का ५ वर्र्षीय विश्वराज पराजुली र १० महिनाका किस्मत सुनारको शव फेवातालमा तैरिरहेको अवस्थामा फेला परेकोे प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमaको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । अविरल बर्षासँगै आएको पहिरोले भदौरेमा सात जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता रहेका छन । कास्कीकै लुम्लेमा पहिरोले २९ जनाको मृत्यु भएको थियो भने एक बालिकाको शव अझै वेपत्ता रहेको छ ।