दलितको पनि बन्द
काठमाडौं,१९ साउन । संविधानसभामा प्रतिनिधित्व गर्ने १० दलका दलित भ्रातृ संगठनले अब बन्ने संविधान दलित मैत्री हुनुपर्ने माग गर्दै आज राजधानीको विजुलीबजारमा चक्काजाम गरेका छन् । उनीहरुले १० बजेदेखि ११ बजेसम्म चक्काजाम गरेका थिए । नयाँ संविधानमा दलित समुदायका अधिकारहरु सुनिश्चित गर्न माग गर्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले आन्दोलन गरेको हो । चक्का जामका क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको थियो ।
उता हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गर्दै हिन्दु धर्मका अनुयायीहरुले आह्वान गरेको बन्दका कारण बर्दीयाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण शिक्षण संस्था, यातायात, कलकारखाना र बजार ठप्प छन् । हिन्दु धर्मसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुले त्यहा बन्दको आह्वान गरेका हुन् ।