Live Streaming

​अब सडकमा नयाँ ट्याक्सी गुड्ने

काठमाडौं,१९ साउन । सरकारले पुराना ट्याक्सी विस्थापन भएको भन्दै १८ सय ५० नयाँं ट्याक्सी दर्ताका लागि आवेदन माग गरेको छ । बागमती अञ्चल यातायात व्यवस्था कार्यालयले तीन श्रेणीमा विभाजन गरेर नयाँं ट्याक्सीका लागि अनुमति दिन लागेको हो ।

१८ सय ५० नयाँं ट्याक्सी थप्ने क्रममा ट्याक्सी व्यवसायीका लागि ६ सय ५०, स्वरोजगार मजदुरका लागि ५ सय र सर्वसाधारणका लागि सात सय छुट्याइएको छ ।  नयाँं ट्याक्सीका अनुमति लिनका लागि साउन २० गतेदेखि भदौ २ गतेसम्म आवेदन गर्नुपर्ने समय तोकिएको छ ।