भारतको चाहनाअनुरुप संविधान आउँंदैछ: चित्र बहादुर केसी
काठमाडौं,१९ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले दलहरुले भारतीय चाहना अनुसार संविधान ल्याउन लागेका कारण ढिलाइ भएको आरोप लगाउनु भएको छ । रेडियो अन्नपूर्ण नेपालको नियमित बिहानी कार्यक्रम फ्रन्टलाइनमा कुरा गर्दै उहाँले जनताको सुझाव अनुसार नभइ भारतको चाहना अनुसार सिमांकन सहितको संविधान जारी गर्ने कसरतमा लागेको बताउनुभयो ।
दलहरुले १६ बुँदे सहमति आफैं गरेपनि अहिले संविधान निर्माणमा भारतले आफ्नो भुमिका खोजेका कारण दलहरु त्यसतर्फ केन्द्रित रहेको बताउनुभयो । तराइ केन्द्रित नेताहरु मधेश प्रदेशको एजेण्डा उठाएर भारतमा गाभिने ठूलो योजनासहित लैनचौर दुतावासमा जानु र अन्य नेता दिल्ली भ्रमणमा केन्द्रित हुनुले पनि देशमा भारतीय चाहना विपरीत अघि बढ्ने क्षमता चार दलमा नभएको बताउनुभयो ।