हवाई भाडादर घट्ने
काठमाडौं,१९ साउन । हिजोबाट लागू हुने गरी हवाई इन्धनको मुल्य १२ प्रतिशतले घटेपछि आन्तरिक उडानमा रहेका एयरलायन्सहरुले आन्तरिक उडानको हवाई भाडा घटाउने तयारी थालेका छन् । त्यसका लागि आज वायुसेवा सञ्चालक संघको बैठक समेत आब्हान गरिएको छ ।
संघले हवाई इन्धनमा भएको प्रतिशतकै हाराहारीमा भाडादरपनि घटाउने तयारी थालेको श्रोतले जनाएको छ । तर सार्वजनिक यतायतका साधनको भाडादर तत्काल नघट्ने व्यवसायीहरुले बताएका छन् । नेपाल आयल निगमले पछिल्लो समय घटाएको तेलको मुल्यको अनुपातमा ५ देखि ७ प्रतिशत सवारी भाडा घट्नुपर्ने भएपनि व्यवसायीहरु भने भाडा नघटाउने मनस्थितीमा पुगेका छन् ।