हिन्दु धर्मलाई कसैले पनि समाप्त पार्न सक्दैन: बामदेव
काठमाडौं,१८ साउन । उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले हिन्दु धर्मलाई नेपालबाट कसैले पनि समाप्त पार्न नसक्ने बताउनुभएको छ । बोलबम यात्रीहरुलाई काठमाडौंको सुन्दरीजलमा सम्बोधन गर्दै गृहमन्त्री गौतमले असी प्रतिशत नेपाली जनता आवद्ध रहेको हिन्दु धर्म नेपालको राष्ट्रिय धर्म रहेको भन्दै यसलाई कसैले समाप्त पार्न नसक्ने बताउनुभएको हो । गौतमले हिन्दु धर्म कसैले समाप्त पार्न नसक्ने भएकाले हिन्दु धर्मावलम्बीहरु उत्तेजित हुन जरुरी नरहेको पनि बताउनुभयो ।