Live Streaming

​नयाँघरको नक्सा पास सुरु

काठमाडौं,१८ साउन । भुकम्प पछि नयाँ घर निर्माणमा लगाइएको बन्देज आजदेखि खुल्ला भएको छ । विनासकारी भूकम्पमा लाखौं घर भत्केको, सार्वजनिक संरचना बिग्रिएको भन्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जेठ ४ गते देशभरका जिल्ला विकास समिति, महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई नयाँ घर निर्माणका लागि असार मसान्तसम्म नक्सा स्वीकृत नगर्न पत्राचार गरेको थियो ।

सरकारले नयाँ घर बनाउन साउन १ गते बाटनै  खोलेपनि प्राविधिक कारणले कार्यालय नै सुचारु गर्न ढिला भएका कारण आजबाट दर्ता प्रकृया सुरु भएको काठमाडौं महानगरपालिका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताउनुभयो । सहरी विकाश मन्त्रालयले नयाँ मापदण्डको तयारी गरिरहँदा महानगरपालिकाले तत्काल पुरानै मापदण्डअनुसार नक्सा पास गर्न सुरु गरेको गर्ने भएको छ ।  तर मन्त्रालयले नयाँ मापदण्ड जारी गरे पछि भने तत्कालै कार्यान्वयन हुने जनाइएको छ ।