Live Streaming

वीरगन्ज नाकाबाट ४१ करोडको आलु र प्याज भित्रियो

क्रान्ति शाह

वीरगन्ज , १८ साउन । वीरगन्ज नाका हुदै भारतबाट एक वर्षको अवधीमा ४१ करोड रुपैयाा भन्दा बढिको आलु र प्याज नेपाल आयात भएको छ ।गत आर्थिक वर्ष २०७१÷७२ को असार देखि साउन महिना सम्म एक वर्षको अवधीमा भारबताट वीरगन्ज नाका हुदै ३८ करोड रुपैया बराबरको प्याज र २३ करोड रुपैया बराबरको आलु नेपाल भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा ३८ करोड २२ लाख ३५ हजार रुपैया मुल्य बराबरको एक लाख २१ हजार ६ सय ६१ क्वीन्टल प्याज आयात भएको छ । जसबाट कृषि सेवा शुल्क तर्फ भन्सार कार्यालयले एक करोड ८४ लाख ५४ हजार रुपैया राजश्व संकलन समेत गरेको प्रमुख भन्सार अधिकृत मीत्रलाल रेग्मीले बताउनु भयो । विदेशबाट आयात गरिएको आलु प्याजमा ८ प्रतिशत कृषि सेवा शुल्क मात्र लाग्ने गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७०÷७१ मा भने वीरगन्ज नाका हुदै ३८ करोड ६ लाख ६६ हजार मुल्य बराबरको एक लाख ४१ हजार सात सय ३४ क्वीनटल प्याज आयात भएको थियो । जसबाट भन्सार कार्यालयले एक करोड ९४ लाख ३० हजार रुपैया राजश्व संकलन गरेको थियो । भारतको इन्दौर, नासीक र पटनाबाट वीरगन्जका व्यपारीहरुले आयात गरेको प्याज  हेटौडा ,नारायणगढ , पोखरा , काठमाण्डौ लगायतका शहरहरुमा पनि आपुर्ति हुदै आएको छ ।

यस्तै गत आर्थिक वर्ष २०७१÷७२ मा भारतबाट वीरगन्ज नाका हुदै २२ करोड ८७ लाख ४३ हजार रुपैया बराबरको एक लाख ६ हजार तीन सय २२ क्वीन्टल आलु आयात भएको छ । जसबाट कृषि सेपा शुल्क तर्फ एक करोड १६ लाख ९९ हजार रुपैया राजश्व संकलन भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७०÷७१ मा भने भारतबाट वीरगन्ज नाका हुदै ३६ करोड ८१ लाख पाँच हजार रुपैया बराबरको एक लाख ८९ हजार आठ सय ५१ क्वीनटल आलु आयात भएको थियो ।