Live Streaming

ओबामाको प्रस्ताव आज सार्वजनिक हुँंदै

एजेन्सी,१८ साउन । जलबायु परिवर्तन समाधानको एक प्रस्ताव अमेरिकी राष्ट्रपति बराक ओबामाले आज सार्बजनिक गर्ने हुनुभएको छ । जलबायु परिवर्तनले विश्वव्यापी रुपमा नकरात्मक असर पारेको अवस्थालाई मध्यनजर गर्र्दै उहाँंले यसको सुधारका लागि सो प्रस्ताव सार्वजनिक गर्न लाग्नुभएको हो ।

ओबामाको प्रस्तावमा कार्बन उत्सर्जनमा कमि ल्याउन अन्य विकल्पबारे सोच्नुपर्ने बताइएको छ । उहाँले आफ्नो प्रस्ताव विश्वव्यापी रुपमा देखापरेको जलबायु परिवर्तनको असर रोक्न सबैभन्दा उत्तम विकल्प हुने दावी समेत गर्नुभएको छ । जलवायु परिवर्तनले मुख्यरुपमा हिमरेखा समाप्त हुँंदै गएको र विभिन्न जिवजन्तुहरुको अस्तित्व समेत गुम्दै गएको छ ।