नाइजेरियन सेनाद्वारा १ सय ७८ सर्वसाधारण मुक्त
एजेन्सी,१८ साउन । ईस्लामीक अतिवादी संगठन बोको हराम विद्रोहीको नियन्त्रणमा रहेका १ सय ७८ सर्बसाधारणलाई नाईजेरियन सेनाले मुक्त गराएको छ । बोको हरामले केही महिना अघि अपहरण गरि आफ्नो नियन्त्रणमा राखेका १ सय १ बालबालिका र ६७ महिला सहित सर्बसाधारणलाई सेनाले मुक्त गराएको हो ।
क्याम्प बनाई राखिएका उनीहरुलाई उत्तरी बोर्नो राज्यबाट सेनाले मुक्त गराएको हो । सन् २०१४ मा मात्र ४ सयभन्दा बढी सर्बसाधारणको अपहरण गरेको बोको हराम विद्रोहीले सो अवधिमा ५ हजार ५ सय जनाको हत्या गरेको छ । केहि समय अघि बोको हरामले अपहरण गरेका २ सय छात्राहरुको अवस्था भने अझै अज्ञात छ ।